घोराही उपमहानगरमा गठबन्धनको अग्रता कायमै 

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धन दलबाट उम्मेदवार बनेका प्रमुख तथा उपप्रमुखले अग्रता कायम गर्दै गइरहेका छन्। 

शनिबार विहान ९ बजेबाट सुरु भएको मतगणनामा सुरुबाट नै गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायम गर्दै गएका हुन्। 

विहान ६ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनका माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)ले २ हजार ८८४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। 

नेकपा एमालेका नरुलाल चौधरीले भने २ हजार ५३४ मत प्राप्त गरेका छन्। प्रमुखमा मतान्तर करिब ३ सय भएपनि उपप्रमुखमा भने मतान्तर धेरै रहेको छ। 

गठबन्धनका काँमग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेका भुपबहादुर डाँगीले ३ हजार १०० मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्। 

एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले २ हजार ४५८ मत प्राप्त गरेकी छिन्। यो करिब ७ सय मतको फरक हो। 

घोराहीमा अहिले ६ वटा वडाको मत गणना भइरहेको छ। जसमध्ये ३ वडामा गठबन्धन र ३ वडामा एमालेले अगाडि रहेका छन्। एमाले वडा नं १४, १६ र १७ मा अगाडि छन्, भने गठबन्धन वडा नं १८, १५ र १९ मा अगाडि छ। 

तीन/तीन वडामा अगाडि भएपनि गठबन्धनले वडा नं १९ मा भने भारी मतान्तरले अग्रता कायम गरेको छ।

प्रकाशित मिति: : 2022-05-15 07:49:00

प्रतिकृया दिनुहोस्