जुम्लाकाे पातरासीमा अग्रता बढाउँदै कांग्रेस 

जुम्लाकाे पातरासीमा गाउँपालिकामा नेपाली कांग्रेसका पूर्णसिंगे बाेहाेराले अध्यक्ष पदमा अग्रता बढाउँदै लगेका छन्।

एक नम्बर वडाकाे मत गनि सकेर दुइकाे मत गणना गर्दै गर्दा उनकाे सात सय ८४ मत आएकाे छ भने उनलाई नेकपा माओवादी केन्द्रका हरिबहादुर बुढाले पाँच सय ६२ मत पाएका छन्।

त्यस्तै एमालेका सुकराम रावतले ४४ मत पाउँदा एकीकृत समाजवादीका वृष बहादुर महताराले तीन मत पाएका छन्।

उपाध्यक्षमा पनि कांग्रेसकी शान्तिमाया बुढाले सात सय तीन मत पाउँदा माओवादी केन्द्रकि जनमाया राेकायाले छ सय १०, एमालेकी खमिनी महताराले ६६ र एकीकृत समाजवादीकि रम्बा भण्डारीले तीन मत पाएकी छन्।

प्रकाशित मिति: : 2022-05-14 19:45:00

प्रतिकृया दिनुहोस्