दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ।
जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना जारी छ।
वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार नेकपा एमालेका बिष्णु भट्टले सात सय १७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका भुवनराज भट्टले सात सय १५ मत ल्याएर पछ्याउँदै छन्। बिष्णु र भुवन पालोपालो गरी अग्रता लिइरहेका छन्।
दशरथचन्दको नगर प्रमुखमा भने नेकपा एमालेका पुस्करराज जोशी९लख्खाभाइ० अग्रस्थानमा छन्। उनले अहिले एक हजार एक सय ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका गजेन्द्र रावलले एक हजार नौ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसका कौशिला चन्दले एक हजार ६९ मत प्राप्त गरेकोमा एमालेका सरस्वती नेपालीले एक हजार १७ मत प्राप्त गरेकी छिन्।
दशरथचन्द नगरपालिका(११ मा भने नेकपाएमालेका जयदत्त पन्त प्यानलसहित वडा अध्यक्षका विजयी भैसकेका छन्।