सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ।
सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र तिरहुत, महदेवा,अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुर गरी पाँच गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई र रुपनी गाउँपालिका–५ को दुई मतदान केन्द्रमा विवाद भई निर्वाचन स्थगित गरिएको छ।
अन्य पाँच ठाउँमा सर्वदलीय बैठकपश्चात् मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारी रमेश जोशीले बताए।
महादेवा र विष्णुपुर गाउँपालिकामा लोसपा नेपाल, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टी, सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस, अग्निसाइर कृष्णसवरण गाउँपालिकामा नेकपा (एमाले), खडक नगरपालिकामा जसपाले अग्रता लिएको छ।