कैलालीको बर्दगोरियामा एमालेकाे अग्रता

कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन्। 

चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली कांग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन्। बर्द गोरियामा सत्तारुढ गठबन्धनबीच तालमेल गरिएको छ।

यसैगरी राप्रपाका नवीन जोशीले १३ र नागरिक उन्मुक्ति पार्टीले ३८ मत पाएका छन्।बर्दगोरियाको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन्  । बर्दगोरिया गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकातर्फबाट उपाध्यक्ष उम्मेदवार गणेशराज गिरीले १५४, नेकपा एमालेकी ईन्दु  कठरिया ११९ र राप्रपाका उम्मेदवार कर्मा सिंहले २३ मत पाएका छन् ।

प्रकाशित मिति: : 2022-05-14 14:40:00

प्रतिकृया दिनुहोस्