जीतपुरसिमरामा माओवादी केन्द्रका पौडेलकाे अग्रता

बाराको जीतपुरसिमरामा उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएका छन्।

कुल १२ सय १० मत गन्दा माओवादीका पौडेलले ५ सय ४३ मत ल्याएका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले ५ सय ४३ मत ल्याएकी छन्।

त्यसैगरी लोसपाका सञ्जयकुमार साहले ४ सय मत ल्याएका छन्। एमालेकी मेयर उम्मेदवार सरस्वती चौधरीले २ सय ६७ मत पाएकी छन्। मतगणना जारी छ।

प्रकाशित मिति: : 2022-05-14 11:44:00

प्रतिकृया दिनुहोस्