दाङको राप्ती गाउँपालिका वडा–९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारीमगर विजयी भएका छन्।
योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको हो।
माओबादी केन्द्रका मगरले ३७६ प्राप्त गरि निर्वाचित भएका हुन्। कांग्रेस तर्फका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन्। उक्त वडामा कुल ७१४ मत खसेको थियो। राप्तीमा माओवादी केन्द्र राष्ट्रिय जनमोर्चाले चुनाबी तालमेल गरेका थिए।