मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ विजयी भएका छन्।
विष्ट ६ सय ८९ मत प्राप्त विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए।
उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत प्राप्त गरेर विजयी भइन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन्।