भरतपुरको मतगणना शनिबार विहान ८ बजेदेखि हुने

भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानदेखि सुरू हुने भएको छ।

शुक्रबार राति सकिएको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो।

२९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ।

भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2022-05-14 01:58:00

प्रतिकृया दिनुहोस्