कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट एक मतदाताको मृत्यु

रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।

उम्मेदवार जनककुमार बाँठामगर सवार गाडीको ठक्करबाट बाफिकोट गाउँपालिका-७ मा ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो। लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको थियो। प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति: : 2022-05-13 17:23:00

प्रतिकृया दिनुहोस्