दाङमा पानी परेपछि मतदान प्रभावित भएकाे छ। पश्चिम दाङकाे शान्तिनगर, बबई गाउँपालिका क्षेत्रमा हावाहुरीसहित परेकाे पानीले मतदान प्रभावित भएकाे हाे।
पानी परेपछि मत हाल्न लाइनमा बसेका मतदाताहरू तितरबितर भएका छन्। शान्तिनगर गाउँपालिका– २ सिमसुन्दरपुर मतदान केन्द्रमा मतदाताहरू तितरबितर भएका थिए।
सिमित मतदातालाई भने स्कुलकाे ओतमा राखेर मतदान कार्य भइरहेकाे छ। मतदान क्षेत्रमा त्रिपालकाे व्यवस्था गर्ने भिनिएकाे भएपनि यहाँ भने गरिएकाे छैन।
साढे ३ बजे परेकाे पानी ४ बजेपछि भने कम हुँदै गएकाे छ।
घाेराही र तुलसीपुर क्षेत्रमा भने पानी परेकाे छैन।