मकवानपुर जिल्लामा करिब ३५ प्रतिशत मत खसेको छ।
मध्यान्ह १२ बजेसम्ममा जिल्लाभर करिब ३५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए।
हेटौंडा १५ मा रहेको गाविस भवनमा ४० प्रतिशत मत खसिसकेको उनले बताए। मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ, कैलाश गाउँपालिकामा पनि २५ प्रतिशत भन्दा धेरै मत खसिसकेको उनले भने।
जिल्लामा अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको छ। मतदाताहरु निकै उत्साहका साथ निर्वाचनमा भाग लिइरहेको उनले बताए। शर्माका अनुसार मकवानपुर जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना भने घटेको छैन।