प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला डडेलधुरा पुगेर मतदान गरेका छन्।
उनले गन्यापधुरा गाउँपालिका– १ रूवाखोलास्थित असिग्राम मावि (ख) केन्द्रबाट मतदान गरेका हुन्।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम मतदान केन्द्रका अधिकृतले जनाएका छन्।