प्युठानका ४ स्थानमा भेटियाे कुकर बम

प्युठानका विभिन्न ४ स्थानमा कुकर बम फेला परेकाे छ।

स्थानीय तह निर्वाचन सुरू हुन केही समय बाँकी रहँदा मतदातालाई त्रसित गर्ने गरी विभिन्न ४ स्थानमा राखिएका कुकुर बम फेला परेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीकाअनुसार प्युठान नगरपालिका– १० खरिबाेट मा एउटा, बागदुला बजार एउटा र मजुवामा दुई वटा बम फेला परेका हुन्।

ती क्षेत्रमा अहिले प्रहरीकाे टाेली पुग्दै छ।

प्रकाशित मिति: : 2022-05-13 07:38:00

प्रतिकृया दिनुहोस्