स्थानीय तहको निर्वाचनको लागि देशभर व्यापक उत्साह देखिएको छ। मतदाता बिहान ६ नबज्दै मतदान केन्द्रमा गएर प्रतिक्षा गरिरहेका छन्।
समय सुरू हुनु पूर्व नै मतदाताहरू लाइनमा बसेर मतदानको लागि व्यग्र प्रतिक्षा गरिरहेको जताततै देखिन्छ।
गाउँ–गाउँका मतदान केन्द्रमा पुग्दा बिहान ६ नबज्दै मतदाताहरुको लामो लाइन लागि बसेका छन्। मतदान केन्द्रमा प्रवेश नदिइएको भए पनि मतदाताहरु गेट बाहिरै महिला र पुरूषको अलग–अलग लाइनमा लहरै उभिएका छन्। मतदान केन्द्र नजिका बजारहरू सुनसान छन्।
बिहानैदेखि नेपाली सेनाले पैदल गस्ति गरिरहेको छ।
मतदान केन्द्र नजिकै पुगेर मतदातासँगै उम्मेदवारहरूले सांकेतिक रूपमा भाेट मागिरहेका छन्।