बिएल संवाददाता
शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार जारी गरेकाे सूचनामा भनिएको छ,‘निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सो बमोजिम गर्नु/गराउनु हुन हार्दिक अनुरोध छ।’
जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ। यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।
कार्यालयकाअनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ।
यस्तै नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ। जिल्लामा ३८ हजार ५४५ मतदाता छन्। जसमा १९ हजार ६८९ पुरुष र १८ हजार ८८५ महिला छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया