धनगढीका मतदान अधिकृत भट्ट घाइते

धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन्।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-05-11 19:13:00

प्रतिकृया दिनुहोस्