मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा

पहिलोपोष्ट

निशा गुरुङ

स्थानीय तह निर्वाचनका लागि अब केही दिनमात्रै बांकी छ। भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

जब जब चुनाव आउँछ तब मकवानपुरको विकट क्षेत्र बागमती गाउँपालिकामा पनि राजनीतिक दलहरु पुग्ने गर्छन्। त्यसबेला नेताको मुख्य एजेन्डा नै बागमती गाउँपालिकाका स्थानीयलाई लालपूर्जा दिने आश्वासन हुन्छ। तर, त्यो आश्वासन बोलीमामात्रै सिमित हुन्छ। यस पालिकाका अधिकांश स्थानीयले वर्षौंदेखि जग्गा भोगचलन त गरिरहेकका छन् तर उनीहरुसँग पूर्जा छैन।

त्यसैले प्रत्येक निर्वाचनमा भोट माग्न आएकाहरु भन्छन् : जसले कमाई गरेको उसैकै नाममा जग्गाधनी पुर्जा उपलब्ध गराउँछौं। तर अहिलेसम्म कसैले पनि लालपूर्जा उपलब्ध पाएका छैनन् छैनन।

‘स्थानीय तहको निर्वाचनका बेला दिनानुदिन नेता आएर जग्गा तिमीहरुकै नाममा बनाइदिने भन्दै भोट लगे अहिले जितेर गएका नेताहरु कहाँ गए कहाँ?’ बागमती गाउँपालिकाका वडा नम्वर – ८ का गुञ्ज मोक्तानले भने, ‘पुर्जाको धेरैपटक विभिन्न ठाउमा पहल गर्‍यौं तर कसैले हाम्रो आवाज सुनेनन्।’

२०३२ सालमा नापी भएको जग्गाको पुर्जा पनि स्थानीयले नपाएको उनको दाबी छ।

प्रकाशित मिति: : 2022-05-10 11:38:00

प्रतिकृया दिनुहोस्