परिवर्तनबासी मेरा मालिक हुन् म उहाँहरूकाे सेवा गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएकाे हुँ : विश्वकुमार चन्द (भिडियाेसहित)

देश यतिबेला स्थानीय तह निर्वाचनकाे अन्तिम तयारीमा छ। भाेट हाल्ने दिन आउन अब मात्रै ४ दिन बाँकी रहँदा उम्मेदवारहरू याेजना र प्रतिबद्धताहरू लिएर मतदाताकाे घरदैलाेमा पुग्ने क्रम जारी छ। त्यही दाैडानमा छन्, राेल्पाकाे परिवर्तन गाउँपालिमा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवारी दिएका विश्वकुमार चन्द।

चन्द हाल चुनावी अभियान लिएर स्थानीयकाे घर–घरमा पुगेका छन्। यस क्षेत्रमा इमान्दार र प्रभावशाली नेताकाे पहिचान बनाउन सफल चन्दप्रति आकर्षण बढ्दाे रहेकाे छ।

२०४६ सालदेखि नै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरूवात गरेका चन्दले राेल्पाकाे विकास र समृद्धिकाे लागि निरन्तर काम गर्दै आएका छन्। समाजमा राम्राे छवि भएकै कारण उनलाई यसपटक पार्टीले टिकट दिएकाे हाे। ‘परिवर्तन गाउँपालिकामा नेपाली काग्रेसंबाट मलाई पार्टीभित्रका सबैले छलफल र सहमतपछि म उम्मेवदारको लागि लडेको हुँ,’ उनले भने, ‘मप्रति परिवर्तनबासीहरु एकदमै आकर्षिक हुन्नुहुन्छ। मैले यसअघि गरेका राम्रो कामले गर्दा सबै खुसी हुन्नुहुन्छ र यसपल्ट पनि सबैजना मप्रति सबै सकारत्मक छन।’

यसरी परिवर्तन गाउँपालिकाकाे अध्यक्ष पदमा बलियाे उम्मेदवारी दिएका चन्दसँग बिएल नेपाली सेवाका रविन पुन मगर (आइडु)ले गरेकाे भिडियाे कुराकानी प्रस्तुत छ:-

भिडियाे :

प्रकाशित मिति: : 2022-05-09 16:30:00

प्रतिकृया दिनुहोस्