बिएल संवाददाता
हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे आवश्यक सुरक्षाकर्मी परिचालन गरेकाे हो ।
निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी, २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र प्रहरी र ४ सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए।
निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइ सकिएको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन्।
निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ।त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ।
नेपाली सेनाको श्री बक्स गुल्मका मेजर झलक लामाका अनुसार मुगुका ४ वटै स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको छ । खड्क सुनार
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया