ललितपुर महानगरपालिका वडा नम्बर २५ मा यतिबेला निर्वाचनको माहाेल खुबै तातिरहेकाे छ। एकातिर राजनीतिक दलका तर्फबाट उमेदवारी दिएका उमेदवारहरु र अर्कोतर्फ जनताले आसाध्यै रुचाएका स्वतन्त्रबाट आफ्नो उमेदवारी दिने स्थानीय उमेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यसैबीच २५ नम्बर वडामा स्वतन्त्र उमेदवारी दिने नारायण खड्का 'नकुल'को चर्चा चुलिएको छ। जनाता माझ अत्यन्तै लोकप्रिय रहेका खड्का स्थानीय जनताको माया, साथ र समर्थनले आसन्न स्थानीय निर्वाचनमा स्वतन्त्र तर्फबाट वडा अध्यक्षको उमेद्वार बनेका छन्।
सम्पूर्ण वडा बासीको चाहानाअनुसार स्थानीय समाजसेवी खड्काले आफ्नो स्वतन्त्र उमेदवारी दिएका हुन। बिगत ३ दसकदेखि जनताको सेवामा लाग्दै आएका खड्का यस निर्वाचनमा चुनावी प्रतिस्पर्धामा देखिएका छन्।
स्वतन्त्र उमेदवारी दिएका खड्काको चुनाव चिन्न 'पुतली' रहेको छ। गत १८ गते देशैभरि स्वतन्त्र उमेदवारी दिने सबै उमेदवारहरुलाई चुनाव चिन्ह वितरण गरेको थियो।
स्थानीय माझ नकुल खड्काको नामबाट परिचित खड्का स्थानीय क्षेत्रमा बिगत लामो समयदेखि समाज सेवा गर्दै आएका थिए। २०७२ वैशाखमा आएको विनासकारी भूकम्पमा उनको सक्रियता र वडामा भूकम्पमा परेर जीवन गुमाउनेका परिवारलाई उनले पुर्याएकाे अतुलनिय सहयोगको बारेमा अझैँ पनि स्थानीयहरू उहाको प्रसंसा गरेर थाक्दैनन्। समाजसेवामा लामो समयदेखि आफुलाई व्यस्त बनिरहेका खड्का यस स्थानीय निर्वाचनमा जनताको प्रतिनिधि बनेर जनताको सेवामा आफूलाई समर्पित बनाउने योजनामा छन्।
उनले आफ्नो वडामा आफ्ना मतदातालाई आफ्नो उमेदवारी र भावी योजनाको बारेमा बुझाउँदै आएका छन्। समाज सेवा गर्दै गर्दा अचानक किन राजनीतिमा आएकाे ? भन्ने हाम्रो प्रश्नमा उनले भने, 'समाज सेवा गर्दै आएको म अब अलि फ़राकिलो हिसाबले समाजको सेवामा आफुलाई समर्पित बनाउने हिसाबले र आधिकारिक रुपमा जनताकै प्रतिनिधि बनेर अझ प्रभाबकारी ढंगले आफुलाई जनतामाझ लैजाने उद्देश्य आफ्नो उमेदवारी हो।'
उनले आफ्नो वडाको अघिल्लो निर्वाचनमा आएका प्रतिनिधिको बारेका काम नै गर्न नसकेको बताएका छन्। जनताको धेरै समस्या रहादारहादै पनि जनाताको आधारभूत समस्या लाई पनि सम्बोधन गर्न नसकेको उनको आरोप थियो।
अघिल्लो स्थानिय निर्वाचनमा वडा अध्यक्षमा जितेका व्यक्तिले जनताको पक्षमा काम नै गर्न नसकेको र झनै बेथिति बढेको भन्दै स्थानीय जनताको गुनासो गरेका थिए। पार्टीले जिताएर पठाएको जनप्रतिनिधिले काम नै नगर्ने भन्दै अब कुनै पनि पार्टीलाई मत नदिएर स्वतन्त्र उमेदवारलाई जिताउने स्थानिय मतदाताहरुको भनाइ रहेको छ।
जनताको साथ् र समर्थन बटुलेका स्वतन्त्र उमेदवारी दिएका खड्का आफ्नो जित सुनिश्चित भएको भन्दै घरदैलो कार्यक्रममा व्यस्त छन्।