सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ। बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो।
एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन्। उनीहरुको अवस्था सामान्य रहेको छ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।