मोरङको बेलबारी नगरपालिकामा अज्ञात समूहले उम्मेदवारको गाडीमा आगजनी गरेकाे छ।
नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरका उम्मेदवार हुन्।
प्रहरीका अनुसार घरमै पार्किङ गरेर राखेको अवस्थामा बा १२ च ९३८४ नम्बरको गाडीमा आगजनी भएको हो। तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। उनी होटल व्यवसायी पनि हुन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।