जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन : रामचन्द्र पौडेल

file photo
file photo

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए। 

‘मैले जगन्नाथ जीलाई भेटेँ। भेटेर जुन कुरा राख्न खोजेको थिए। उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ। धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो ।’ पौडेलले भने।

 नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उनको भनाइ थियो। ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन्, प्रचण्डसँग होइन् । हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो। उनमा देखिएको केपी ओली प्रवृतिसँग हाम्रो प्रतिस्पर्धा हो।’ उनले भने।

देशलाई गठबन्धनको आवश्यकता रहेको भन्दै केपी ओली निरकुंशतातर्फ अघि बढ्दै गर्दा आफू गठबन्धन बनाउनतिर लागेको बताए। 
 

प्रकाशित मिति: : 2022-05-05 15:27:00

प्रतिकृया दिनुहोस्