‘मर्निङवाक’मा निस्किएकालाई कारको ठक्कर, दुईजनाको मृत्यु

एउटा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएका छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ का बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई शुक्रबार बिहान बिएबी ९५९९ नम्बरको कारले ठक्कर दिएको थियो। 

गोरुसिङ्गे-पत्थरकोट सडकखण्डमा मर्निङवाकमा निस्किएका उनीहरूलाई अर्घाखाँचीबाट बुटवल जाँदै गरेको कारले बिहान पौने छ बजे ठक्कर दिएको हो। 

गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठकर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 
 

प्रकाशित मिति: : 2025-05-16 09:30:00

प्रतिकृया दिनुहोस्