लागु औषधसहित एक जना पक्राउ

file photo
file photo

जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९  एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए।

मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ। उनलाई लागु औषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ। 

प्रकाशित मिति: : 2022-05-05 14:05:00

प्रतिकृया दिनुहोस्