रामचन्द्र पौडेलले जगन्नाथलाई भटेर भने : उम्मेदवारी निष्क्रिय बनाउनुहाेस्

तस्बिर स्रोत: श्रीकृष्ण लामिछाने/चितवन।
तस्बिर स्रोत: श्रीकृष्ण लामिछाने/चितवन।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग भेटवार्ता गरेका छन्।

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच कुराकानी भएको हो।

होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलले जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेट गरी उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेका थिए।

‘भेटमा रामचन्द्रजीले हाम्राे उम्मेदवारीलाई निष्क्रिय बनाउन अनुराेध गर्नु भयाे,’ भेटपछि हाेटेलबाट बाहिरिएका कृष्णलाल सापकाेटाले भने।

उनकाअनुसार जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताएका थिए।

प्रकाशित मिति: : 2022-05-05 09:07:00

प्रतिकृया दिनुहोस्