स्वतन्त्र उम्मेदवारहरुको समूह अटेरी अभियानले घरदैलो सुरु गरेको छ। अटेरीले मत माग्दै पोखराका विभिन्न वडा पुगेको छ ।
बुधबार घरदैलो कार्यक्रम लिएर अटेरी समूह मत माग्दै वडा नम्बर १५, १३, १२ र १६ नम्बर वडा पुगेको छ।
पोखरा महामनगर प्रमुख, १० वडाध्यक्ष र ६ वडासदस्य गरि १७ जना अटेरी अभियन्ताले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आफूलाई अटेरी भन्न रुचाउने यो समूहले राष्ट्रिय स्तरमै आफ्नो प्रभाव जमाई रहेको छ। चुनाव चिन्ह लौरो पाएपछि अटेरीले घरदैलो तिव्र पारेको हो।
वडा वडामा अटेरी अभियानलाई राम्रो प्रतिक्रिया आई रहेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए।
पोखराका गनेस पौडेलले सुरु गरेको यो अभियान अहिले देशव्यापी बनेको छ। पौडेल पोखरा महानगर प्रमुख पदका उम्मेदवार हुन्।