नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ।
चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो।
भेलाले विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई हटाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनकाअनुसार पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएछ।