गृहमन्त्री बालकृष्ण खाणले निर्माणाधीन तराई–मधेश द्रुतमार्ग (फास्ट ट्याक) मा लोडर दुर्घटना हुँदा घाइते चिनियाँ नागरिकलाई तत्काल अस्पतालमा पुर्याएर उपचारको व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमति प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुजा सिंह र मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षकलाई टेलिफोन गरेर तत्काल अस्पताल पुर्याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
प्रहरी नायब महानिरीक्षक सिंहले साँझ ५ बजे मकवानपुरको बकैया गाउँपालिका–११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको थियो।
साथै उक्त घटनामा दुई चिनियाँ र एक नेपाली घाइते भएका छन्। जसको उद्धार गर्न गृहमन्त्रीले निर्देशन दिएका छन्।