कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २११ रहेका छन्।
पछिल्लो समय १८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।
योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ। निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ३१ पुगेको छ। नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ।
नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ। हाल होम आइसोलेशनमा २०९ संस्थागत आइसोलेशनमा दुई र सघन उपचार कक्षमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा १६ हजार १० जनाले खोप लगाएका छन्।