नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
सोमबार आयोजित एक कार्यक्रममा गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल थापा भने अदालत जाने तयारीमा रहेका छन्।
सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए।