राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’ को विवरण आयोगमा बुझाउनुपर्ने   

File Photo
File Photo

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ।

उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो। सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिताविपरीतका कार्य गरेको पाइएको कारवाही गरिने उनले बताए।

सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको क्रममा हुनसक्ने मिथ्था सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-05-01 17:47:00

प्रतिकृया दिनुहोस्