भ्रष्टाचारमुक्त बर्दिबास मेरो पहिलो प्राथमिकता : नगरप्रमुख उम्मेदवार राजु खड्का

File photo
File photo

बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका राजु खड्काले भ्रष्टाचारमुक्त बर्दिबास पहिलो प्राथमिकता भएको बताएका छन्।आइतबार वडा नम्बर ५ मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त बर्दिबास निर्माणका लागि आफूले जित्नु पर्ने बताए।

उनले अघिल्लो सरकारले गरेका सकारात्मक, नकारात्मक कामको समीक्षा गर्दै सबै सुविधासम्पन्न बर्दिबास बनाउन स्थानीय सरकारमा आफू आउनु पर्ने जिकिर गरे। भूमिहीन, अव्यवस्थित र सुकुम्बासीको समस्या सावधानको लागि लालपुर्जा वितरण अन्तिम प्रक्रिया मात्र बाँकी रहेको उनले बताए। उनले भने, ‘अहिले आचारसंहिताका कारण वितरण गर्न सकिएन यो संघ र प्रदेशको निर्वाचन अगाडि नै वितरण गर्छौ।’

स्थानीय स्रोत साधनको दोहन गरी विकासको नारा लगाउने केही व्यक्तिले उम्मेदवार बनेर भ्रम छरिरहेको बताउँदै मेयरका प्रत्यासी खड्काले उनीहरूले दिने सहानुभूति र भ्रमबट मुक्त बन्न पनि आग्रह गरे।

प्रकाशित मिति: : 2022-05-01 16:52:00

प्रतिकृया दिनुहोस्