युवा तथा विद्यार्थीबाट मात्रै याे देशकाे परिवर्तन सम्भव छ। गाउँदेखि सहर तथा प्रदेशदेखि केन्द्रसम्म हामी युवाले नै नेतृत्व गर्ने हाे भने समाजकाे परिवर्तन हुन कुनै समय लाग्दैन। सामाजिक न्याय र परिवर्तनका संवाहक हुने, युवा।
समाजमा रहेका रूढिवादी परम्परा र त्यस्ता परम्पराका कारण सिर्जना भएका समस्या र विभेदका पर्खाल भत्काउँदै युवा नेता र विद्यार्थी नेताबाट विभिन्न जागरण अभियानहरू गर्दै आएको छ। नेपालको राजनितिक र शैक्षिक आन्दोलनको वाहककाे रुपमा विद्यार्थहरुले भूमिका महत्वपूर्ण रहँदै आएको छ।
राजनितिक संगठन खोल्न प्रतिबन्ध भइरहेको पञ्चायती व्यवस्थाको बेला पनि नेपाली युवा, विद्यार्थीहरु प्रजातन्त्रको लागि संघर्ष गर्न कम्मर कसेका थिए। आन्दोलनले अन्याय र अत्याचारविरुद्ध आवाज उठाउँदै न्याय र समानता स्थापना गर्ने काम गरेको छ। अझ शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको सकारात्मक परिवर्तनका कार्यक्रम नियमित हुने गर्दछन् भन्ने मान्यतालाई पनि अवलम्बन गरेको छ। हरेक ठाउँमा भविष्यको दिशा निर्धारण गर्न इतिहासको सिंहावलोकन आवश्यक हुन्छ।
वर्षाै लामो इतिहासको संघर्षमय विगतलाई हेर्ने हो भने राष्ट्रियताको सवालदेखि सीमा र असमान सन्धि सम्झौता, वैदेशिक सम्बन्धलगायतका पक्षमा स्वाभिमानी नागरिकको नेतृत्व गरेको छ भने विद्यार्थीहरूका शैक्षिक, सामाजिक न्याय र परिवर्तनका मुद्धामा हरेक ठाउँमा नेतृत्व गरेको छ। नेपाली समाज परिवर्तनको कुनै पनि खुड्किलो विद्यार्थी आन्दोलनको संलग्नताविना अपुरो रह्यो। विद्यार्थी आन्दोलनलाई अलग बनाएर कुनै राजनीतिक परिवर्तनको व्याख्या होस् वा राष्ट्रियता, गणतन्त्र, जनजीविका वा शैक्षिक परिवर्तनका मुद्धा होस् कुनै कुरा पूरा हुन सकेका छनैन् तर विगतमा निकै सराहनीय मानिएको विद्यार्थी संगठनको भूमिकाप्रति आज विभिन्न कोणबाट प्रश्न उठन थालेको पाइन्छ। विगतको विद्यार्थी आन्दोलनको भूमिकालाई हेर्दा कसैले पनि यसको अवधि कति हुने भनेर प्रश्न गर्ने साहस गर्न सक्दैन तर आजको लागि सत्य विगत नभई वर्तमान नै हो। त्यसैले विद्यार्थी आन्दोलनले युगीन मुद्दालाई ठिक ढङ्गले अघि बढाउन नसक्ने हो भने विगतको गौरवशाली इतिहासले मात्रै यसलाई जीवन्त बनाउन सक्दैन।
यस सत्यलाई आत्मसात गर्दै नेपाली विद्यार्थी आन्दोलनले वर्तमानकामुद्दालाई गम्भीरतापूर्वक लिई तथ्यपरक मूल्याङ्कन गरी देखिएका समस्या समाधानका उपयुक्त उपाय खोजी समाधानको दिशामाअघि बढनु आवश्यक भएको छ। विद्यार्थी आन्दोलनको आरम्भ र विकास मूल रूपमा व्यवस्थामा मुलुकमा निरङकुश शासन भएको थियो र यसले कठिन परिस्थितिमा नै आफ्नो शानदार पहिचान बनाउन सफल भएको हो। त्यसकारण अहिले हेर्दा समान्यअवस्थामा मात्रै छ।
परिवेश विश्लेषण गर्दा विद्यार्थी आन्दोलनका बारेमा कतिपय जटिल प्रश्नहरू सिर्जना गरेको छ। विद्यार्थी आन्दोलनमा लामो समय निरङकुशताको अन्त्य र लोकतन्त्रको माग गर्ने कुराले मुख्यस्थान प्राप्त गरेको थियो, जसको कारण विद्यार्थी आन्दोलनको पहिचान, शक्ति र सङगठन स्थापित गर्न सफल भएको छ। जतिबेला नेपाली जनता निरङकुश व्यवस्थाको अन्त्य चाहन्थे त्यतिबेला यस विरोध गर्ने माध्यम विद्यार्थी संगठन हुन्थे।
खुला परिस्थिती बढदै जाँदा राजनीतिप्रतिको आकर्षण घटदै गएको छ। मूल रूपमा राजनीतिक पार्टी र नेताहरू सक्षमता र इमान्दारिता देखाउन नसकेका कारण जनताको नजरमा बदनाम भएका राजनीतिक पार्टीहरूको नै गरेको पाइन्छ प्रत्यक्ष प्रभाव विद्यार्थी संगठनमा पनि परेको छ।
राजनीतिप्रतिको विकर्षणका विभिन्न कोणबाट हेर्नु आवश्यक छ। आज विद्यालय शिक्षा सकिएको विद्यार्थीको बढीमा २० वर्ष भएको हुन्छ जसमा विद्यार्थी आन्दोलनको महत्त्व बुझ्न, देशको आफ्नो समुदायको समस्याहरूको अध्ययन गरी गम्भीर बन्ने परिपक्वताको विकास ने भइसकेको हुँदैन। त्यसैगरी विद्यार्थीमा समुदायको महत्त्वपूर्ण सहभागितामा सम्पन्न भएको।
महान जनआन्दोलन ०६२/०६३ को सफलता पश्चात् विद्यार्थी आन्दोलनको गति अली कम हुँदै अलमलमा परेको जस्तो देखिन्छ।
विद्यार्थी संगठनहरूका राजनीतिक जिम्मेवारी घटेको कुरा सत्य हो तर जिम्मेवारीको दायरा घटेको हाेइन। हिजो कुरामा मात्रै पनि विश्वास गर्ने पंक्ति आज समालोचक बन्दै गएको छ। शिक्षा क्षेत्रमा सर्वस्वीकार्य र पारदर्शी शिक्षा नीति चाहिन्छ भन्ने जनसमुदाय निर्माण भएको छ। यस्तो परिस्थितिमा बालविकासदेखि उच्च शिक्षासम्मको स्पष्ट नीतिगत व्यवस्थाको अभाव खड्किएको छ। आज नेपालको संविधानमा शिक्षा मौलिक अधिकार हुनेछ भने छ तर व्यवस्थापन र लेखिएको मात्रै देखिन्छ तर सम्बन्धि निकाय मौन छ।
अब यी शब्दका भावलाई पूर्णता दिने दायित्व कसको हुने र कसरी कार्यान्वयन गर्न सकिन्छ ? अहिले चलिरहेको शैक्षिक व्यवस्थाको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कार्यविधि कहाँ छ ? कि छैन ? यस्ता प्रश्न आज हरेक अभिभावकलगायत सचेत वर्गको चासो र चिन्ताको विषय हो।
नाफा कमाउने उद्देश्यले खोलिएका कहियाैँ विद्यालयहरू छन् र त्यहाँ धेरैले रोजगारी समेत प्राप्त गरेका छन्। त्यसैले यसको व्यवस्थापन के हुने भन्नेबारे प्रप्ट धारण आउन जरुरी छ। कसैले उजुरी गरेमा एक आदेशमार्फत् समग्र निजी शैक्षिक संस्था बन्द गर्ने अवस्था आए यसबाट पर्न जाने व्यवहारिक कठिनाइको व्यवस्थापनमा राज्य नै जवाफदेही हुन पर्दछ। शिक्षामा नि भ्रष्टाचार फैलिए छ। हाम्रो जस्तो आर्थिक अवस्था र राजनीतिक अवस्था कम्जोर भएको देशको समृद्धिको केन्द्र भनेको इच्छा शक्तिसहितको सक्षम राजनीतिक नेतृत्व के कमी हो त ? विकल्पको राजनीति अब युवा नेताले सिकाउने छन। आउनु नेताज्यू अब युवा, विद्यार्थीसँग खुला वहसमा, चुनैती दिनेछु।
त्यो भएन भने विकास र समृद्धि सम्भव हुँदैन। आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गरेर परनिर्भरताको अन्त्य गर्दै अन्तरनिर्भरताको विकास गर्नु पर्दछ। आज गरीब र धनी, गाउँ र सहर, क्षेत्र/क्षेत्र, जातीय असमानता बढेको छ। यी असमानता र विभेद नै विकासका बाधक हुन्। नेपाली जनतामा बढेको राजनीतिक चेतनालाई सामाजिक रूपान् त्यो भएन भने विकास र समृद्धि सम्भव हुँदैन। आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गरेर परनिर्भरताको अन्त्य गर्दै अन्तरनिर्भरताको विकास गर्नु पर्दछ।
पहुँचको आधारमा व्यक्तिलाई प्राथमिकता दिने अभ्यासले राजनीतिक नेतृत्व कमजोर बनेको छ। राजनीतिक अभ्यासभित्र व्यक्तिगत स्वतन्त्रतासहितको संस्थागत निर्णयमा जोडिने कार्यहरू कमजोरीको रूपमा देखिन थालेका छन्। व्यक्तिगत स्वतन्त्रता र स्वेच्छाचारी चरित्र फरक फरक पक्ष हुन।
स्वतन्त्रताबाट नयाँ सृजनाको सम्भावना रहन्छ, तर कु-विचारले भने राजनीतिक विकृति जन्माउँछ। राजनीतिक परिवर्तन समृद्धिको गन्तव्यको बलियो सारथी भनेको युवा जनशक्ति र विद्यार्थी हो।
नेपाल सरकारले व्यावहारिक रूपमा यसका कामहरू अझै पनि अगाडि बढेको देखिदैन। नेपालमा अहिले ४० प्रतिशत जनसंख्या युवाहरूको छ तिनीहरूको प्रयोग विकास र समृद्धिका लागि पर्याप्त कदम चालेको देखिदैन।
विकासका लागि युवा आवश्यक हो भने स्पष्ट योजना र नीति भएको नेतृत्व समग्र देशको माग हो। राजनीतिक प्रणाली र सामाजिक रूपान्तरणका विषयलाई राजनीतिक नेतृत्वले संयोजन गरेर अगाडि बढन सक्नु पर्दछ।
रचनात्मक नेपालको मौलिकतालाई अगाल्ने शिक्षा नीति बनाउन आवश्यकता छ, विद्यार्थी नेतृत्वको आजको प्रमुख दायित्वनै हो।
अहिले प्रत्येक नेपालीको घरमा विद्यार्थी छन् र आफ्ना सन्तानको लागि उपयुक्त उच्च शिक्षामा सचेत अभिभावकहरू पनि छन। यो सचेत वर्गको अपेक्षाको सम्बोधन त्यतिबेला मात्र हुन्छ जतिबेला नीतिगत रूपमा भएका परिवर्तन हुन्छ।
आन्दोलन सफलतापूर्वक सम्पन्न गरेको विद्यार्थी आन्दोलनले अब संविधानको सहज र सफल कार्यान्वयनमा लागेर पुनः एकपटक आफूमा रहेको ठाँउबाट नयाँ सोच लिएर अघि बड्न अँधेरी रातलाई पन्छाएर नयाँ बिहानीको खोजी गर्नुछ। गतिशिल रूपमा परिचित विद्यार्थीको नेता हुन आवश्यक छ।
समग्र नेपालको राजनीति यतिबेला कम्युनिस्ट विचारका राजनीतिज्ञले दिशानिर्देश गरिरहेका छन्, नेतृत्व गरिरहेका छन्। जनताको मतमार्फत् राजनीतिलाई सही दिशाबाट गन्तव्यमा लैजाने र जनताको अपेक्षाअनुसार समृद्ध मुलुक निर्माण गर्ने जिम्मेवारी अहिलेको सरकारको लागि हो।
तर, लामो समयदेखि नेपाली राजनीतिमा देखिएको यथास्थितिवाद, संशाेधनवाद र सुधारवादको समृद्धिको एजेण्डा बाेकेर अब विद्यार्थी युवाअघि बढेमा विद्यार्थीआन्दोलनबाट आमूल परीवर्तनको सम्भाव छ।