बुधबार, १७ डिसेम्बर २०२५

हेटौंडा–२ मा गठबन्धनको प्रतिबद्धता सार्वजनिक

News Image
• • •

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए।

हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई छ। 

उनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताए। ‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ। साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!