भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको यू ४ ८५६ जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालयले जानकारी दिएको छ।
जहाजमा ७२ जना यात्रु सवार रहेका थिए। यात्रुहरुको अवस्था सामान्य रहेको छ। उडान हुन करिब १ घण्टा लाग्ने नागरिक उड्डयन प्रधिकरण भैरहवाले जनाएको छ।