कोहलपुरवासी भन्छन, ‘सबै पार्टी देखियाे, अब नरेन्द्र न्यौपानेको भिजन हेर्ने मन छ’

कोहलपुर टुडे

काठमाडाैँ

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आउन १५ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु यतिबेला घर दैलोमा पुगेर मत माग्न ब्यस्त छन ।

माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका साझा उम्मेदार नरेन्द्र न्यौपाने पनि यति बेला घरदैलोमा पुगेर मत माग्न व्यस्त छन । घरदैलोका क्रममा जनताहरुले यस पटक गोलाकार भित्रको हँसिया हथौडा र कलम चिन्हमा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने प्रतिबद्धता जनाएको प्रमुख पदका उम्मेदवार न्यौपानेले बताए ।

प्रकाशित मिति: : 2022-04-28 19:34:00

प्रतिकृया दिनुहोस्