म्यान्मारकी प्रजातन्त्रवादी नेत्री तथा पूर्व राज्य सल्लाहकार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय सुनाएको छ।
सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो।
सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्। सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ।
अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्, भने उनीले सबै आरोपहरूको अस्वीकार गरेकी छिन्।