सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ।

साेमबार दिउँसाे टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो। झडपका कारण मनोनयन प्रक्रियासमेत अवरुद्ध भएको छ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ।

स्थानीय आवश्यकताका आधारमा भन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ।

प्रकाशित मिति: : 2022-04-25 17:34:00

प्रतिकृया दिनुहोस्