कपिलवस्तुमा जिपको ठक्करबाट बालिकाको मृत्यु

file photo
file photo

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन्। 

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। 

हिजो बेलुकी साढे ८ बजे पैदल हिडिरहेकी उनलाई लु ३ च ३०८९ नम्बरको जिपले ठक्कर दिएको थियो। 

जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-04-25 10:48:00

प्रतिकृया दिनुहोस्