नेकपा (एमाले)का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेखको ठाटीकाँधको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएका छन्। शाहले उक्त गाउँपालिकामा आफ्नी श्रीमतीलाई उम्मेदवार बनाएका हुन्।
कार्यकर्ताले लक्ष्मीदेवी शाह बाहेक अन्यको बिकल्प खोज्नुपर्छ भन्दा पनि दुईदिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमती शाहलाई अध्यक्षमा उम्मेदवार बनाएका हुन्। यस्तै, एमालेले उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाएको छ।
यसअघि एमालेबाट ठाटीकाँधको अध्यक्षमा ६ जनाले दाबी गरेका थिए। तर, एमाले प्रदेश अध्यक्ष शाहको जोडबलमा उनकी श्रीमतीलाई अध्यक्ष बनाउने निर्णय भएको एमाले नेताहरुको आरोप छ। पालिकामा उम्मेदवारको सिफारिस हुन नसकेपछि ६ जनै आकाङ्क्षीहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा जम्मा भएका थिए।