रोल्पामा गठबन्धनबाट बाहिरियो कांग्रेस, एक्लै चुनाव लड्ने

नेपाली कांग्रेस राेल्पा सत्ता गठबन्धनबाट बाहिरिएको छ। 

चुनावी भागबन्डाका कारण कांग्रेस राेल्पा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो। गठबन्धनकाे चर्चालगतै कांग्रेस राेल्पा गठबन्धविरूद्ध उभिएकाे थियाे।

अब गठबन्धनका लागि ढाेका बन्द भएकाे कांग्रेस प्रदेश सभापति अमरसि‌ङ पुनले जानकारी दिएका छन्। लगतै राेल्पा कांग्रेसले आफ्ना उम्मेदवारहरूकाे नाम टुङ्गाे लगाउनले अन्तिम तयारी थालेकाे छ।

'प्रदेशबाट सभापतिले आफ्ना उम्मेदवार टुङ्गाे लगाउन भन्नु भएकाे छ,' जिल्ला सहसचिj गञ्ज क्षेत्रीले भने, 'अब गठबन्धन हुँदैन भनेर प्रदेश सभापतिले भन्नुभयाे। हामीले आफ्ना उम्मेदवारकाे टुङ्गाे लगाउन जिल्ला कार्यसमितिकाे बैठकले निर्णय गर्दैछाैं।'

बैठक स्थलमै रहेका क्षेत्रीले अब अन्तिम निर्णयसँगै सबै उम्मेदवारकाे नाम सार्वजनिक गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2022-04-24 13:09:00

प्रतिकृया दिनुहोस्