पार्टी परित्याग गरेका श्रेष्ठ २४ घण्टा नबित्दै पुन: माओवादीमै फर्किए

दाङको घोराही उपमहानगरपालिका १४ का नेकपा माओवादी केन्द्रका ईन्चार्ज परशुराम श्रेष्ठले पार्टी परित्याग गरेको २४ घण्टा नबित्दै पुन: पार्टीमा नै फर्किएका छन्।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका थिए।

तर आइतबार विहानै पुन पार्टीमा फर्किएका विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। फेरि पनि पार्टीको जिम्मेवारीमा फर्किएको र जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

शनिबार श्रेष्ठले पार्टीमा देखा परेको चरम अवसरवाद, नातावाद मौलाएको आरोप लगाउँदै पार्टी त्यागको घोषणा गरेका थिए।

उनी माओवादी केन्द्र घोराहीको नगर सचिवालय सदस्य तथा माओवादी केन्द्रको नेवा मुक्ति मोर्चाका केन्द्रीय सदस्यसमेत हुन्। श्रेष्ठ विगत २३ वर्षदेखि माओवादी पार्टीमा आवद्ध हुँदै आएका छन्।

प्रकाशित मिति: : 2022-04-24 12:40:00

प्रतिकृया दिनुहोस्