बिएल संवाददाता
२०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय नेकपा एमालेका युवा नेता सुमन मल्ल पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नम्बर १ बाट वडा अध्यक्षमा विजयी भएका थिए। खसेको मतको ५० प्रतिशत भन्दा बढि मत प्राप्त गरेका मल्लले पाँच वर्षमा वडामा गरेको काम, सरल तथा नम्र शैली र कम बोल्ने तथा भनेको कुरा पुर्याउने शैलीले ५ वर्षपछि खजुरा गाउँपालिकाको नेतृत्व हाक्ने ठाउँसम्म ल्याई पुर्याएको छ।
मल्ललाई नेकपा (एमाले) बाँकेले खजुरा गाउँपालिकाको सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रदेशबाट समेत अनुमोदन भईसकेको छ। मल्लले प्रचार अभियान समेत चलाई सकेका छन्।
मल्लले राधापुरमा गरेको काम यतिबेला खजुरामा सर्बाधिक चर्चाको रुपमा रहेको छ। सुमन मल्ललाई नचिन्नेहरु राधापुरको विकास गर्नेले समग्र खजुराको कायापलट गर्न सक्छ भन्ने बिश्वास सहित मल्लको समर्थनमा उत्रिएका छन्। अधिकाँश जनप्रतिनिधीहरुमा आम जनताको सकारात्मक टिप्पणी नभईरहँदा मल्ल भने निर्विकल्प विकासप्रेमी नेताको रुपमा छोटो समयमै परिचित भएका छन्। सडक निर्माण र अन्य भौतिक पूर्वाधार मात्रै नभएर राधापुरमा सोलारबाट विद्युत उत्पादनको काम पनि हुँदैछ।
मल्लले कोभिडको समयमा राधापुरमा चिकित्सक सहितको आईसोलेसन सञ्चालन गर्नुभयो भने एम्बुलेन्स सेवा सञ्चालन गरे। गाउँका विपन्न समुदायका बालबालिकालाई माध्यामिक तथा उच्च शिक्षाका लागि नियमित सहयोग गर्दै आएका छन्। गाउँमा विरामी पर्दा होस वा अन्य कुनै सहयोग गर्नुपर्दा मल्ल सधै अगाडी देखिन्छन्। उनले एमालेबाट निर्वाचित जन प्रतिनिधी भएपनि अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत उत्तिकै बिश्वास गर्दैआएका छन्। मल्लले खजुरा गाउँपालिकाका विभिन्न वडामा सामाजिक काममा सहयोग गर्नुभएको छ भने विरामीहरुको उपचारमा समेत सहयोग गर्दैआएका छन्।
एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका मल्लले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि र स्वरोजगारलाई प्रमुख प्राथमिकता दिने बताएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया