माधवकुमार ओली
पालिका प्रमुख वा वडाध्यक्ष पदमा फेरि चुनाव लड्न रोल्पाका १४ वडाध्यक्षले राजीनामा दिएका छन्।
जिल्लाका १० वटा स्थानीय तहमध्ये ७ वटा तहका १४ जना वडाध्यक्षले शुक्रबार राजीनामा गरेका हुन्। यो संख्या आइतबारसम्म झन् बढ्ने देखिएको छ। पार्टीले अझै उम्मेदवार टुङ्गो नलगाएका केही वडाध्यक्षहरूले आइतबार राजीनामा दिने तयारी गरिरहेका छन्।
हालसम्म राजीनामा दिनेहरूमा रोल्पा नगरपालिकाबाट वडा–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा–६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर, वडा–९ का वडाध्यक्ष मिमबहादुर घर्तीमगर र वडा–१० का वडाध्यक्ष मानबहादुर खत्री छन्। सुनछहरी गाउँपालिकाबाट वडा–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा–६ का वडाध्यक्ष अमरजीत पुनमगर रहेका छन्।
त्यस्तै, त्रिवेणी गाउँपालिकाबाट वडा–१ का वडाध्यक्ष देउराम घर्तीमगर, वडा–२ का वडाध्यक्ष, कविराज वुढमगर, वडा– ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा–६ का वडाध्यक्ष लेखमणी डाँगी छन्।
थबाङ गाउँपालिकाबाट वडा–५ का वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन्। रून्टीगढी गाउँपालिकाबाट वडा–१ का वडाध्यक्ष मीनबहादुर थापामगर छन्। सुनिलस्मृती गाउँपालिकावाट वडा–४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री रहेका छन्। गंगादेव गाउँपालिकाबाट वडा–४ का वडाध्यक्ष रामबहादुर वलीले राजीनामा दिएका छन्। राजीनामा दिने चर्चा चलेपनि परिवर्तन गाउँपालिका र लुंग्री गाउँपालिकामा भने अहिलेसम्म कुनै पनि जनप्रतिनिधले राजीनामा दिएका छैनन्।
यस्तै, अन्य २४ जना वडा सदस्यहरूले पनि राजीनामा दिएका छन्। जिल्लामा हालसम्म राजीनामा दिने जम्मा जनप्रतिनिधिहरूको संख्या ३८ पुगेको छ।
दुई जना वडाध्यक्ष उपल्लो पदमा लड्दै
राजीनामा दिएका १४ जना वडाध्यक्ष मध्ये दुई जनाले उपल्लो पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
उपल्लो पदमा जाने मध्ये नेपाली काँग्रेसबाट जितेका सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गञ्ज क्षेत्री र त्रिवेणी गाउँपालिका– ६ का वडाध्यक्ष लेखमणी डाँगी रहेका छन्। भने, अन्य सबै वडाध्यक्षमै प्रतिस्पर्धा गर्ने बताइएको छ।
क्षेत्री सुनिलस्मृति गाउँपालिका अध्यक्षमा लड्ने भएका छन् भने डाँगी त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा लड्ने भएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया