नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ।
एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज (शुक्रबार) आयोजित स्थापना दिवसको कार्यक्रममा झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाडौँका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाडौँका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण दुवाल, हरि शर्मा, कास्कीका टेकनाथ बराल, कञ्चनपुरका लक्ष्मी जोशीलगायत छन्। उनीहरुलाई एमालेका अन्य शीर्ष नेताको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन्।