पेप्सिकोलामा जीपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु 

Symbolic photo
Symbolic photo

काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोलास्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाडाैँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराति पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जीपमा ठोक्किएको थियो।

जीप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-04-22 10:59:00

प्रतिकृया दिनुहोस्