मदन भण्डारी र जीवराज आश्रितको 'कन्तबिजोग ' !

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएकै दिन त्यही पार्टीको एक घटक तत्कालिन नेकपा एमालेका दुई ठूला नेता मदन भण्डारी र जीवराज आश्रितको कन्तबिजोग भएको छ। दासढुंगामा रहस्यमय दुर्घटनामा पारिएका उनीहरूको हैन, सालिकको कन्दबिजोग भएको हो। 

उनीहरूले नेतृत्व गरेको पार्टीको जनआधार रहेको हेटौडामा उनका अनुयायीहरूले हेटौंडा उपमहानगरपालिका– ९ मा दिब्य बाल उद्यानमा बनाएका थिए र त्रयसैमा ठड्याएका थिए, मदन र आश्रितका शालिकहरू। तिनै शालिकहरू गएराति कन्तबिजोग पारिएका छन्। 

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको छ भने आश्रितको पूरै शालिक उखेलेर फालिएको छ। 

हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले यो घटना राजनीतिक पूर्वाग्रहले घटाइएको बताए। उनले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा यसो हुनु राम्रो संकेत नभएको बताए। 

हेटौडाका एक वुद्धिजीवीले ब्यङ्ग्य गरे, 'उता ओलीले सिद्धान्त स्खलित गरिदिए, यता शालिक तोडिए। त्यसैले भविष्यमा लड्ने र भत्कने सम्भावना भएका सालिकहरू नठड्याउनु नै ठीक हो।'

सालिक बन्नु ठीक हो कि हैन, यो एक बहसको विषय हो । तर, बनिसकेका सालिक इतिहासका एक अंश हुन्, त्यसैले भत्काउनु, तोडफोड गर्नुलाई राम्रो भन्न सकिन्न। 

 

प्रकाशित मिति: : 2022-04-22 09:55:00

प्रतिकृया दिनुहोस्