रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एव्म रसुवा जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालले बताए। ‘रसवामा पाँचवटा गाउँपालिका रहेका छन्, गोसाईकुण्ड गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेर्ने गरि र उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ', उनले भने,। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको कार्यहरु अघि बढाइएको समेत उनले जानकारी दिए। जिल्लामा स्थानियत तहको निर्वाचन सम्पन्न गराउनका लागि उत्तरगया गाउँपालिका मुना अधिकारी ढकाल, कालिका गाउँपालिकामा अशोकराज रेग्मि, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुईटेललाई निर्वाचन अधिकृत तोकिएको छ। 

त्यसैगरि, बैशाख २३ गतेसम्ममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइने गरि तयारी भईरहेको समेत नेपालले बताए। 

प्रकाशित मिति: : 2022-04-21 19:26:00

प्रतिकृया दिनुहोस्